काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रश्न उठेपछि गृहमन्त्री सुधन गुरुङले बिना भ्रष्टाचार कमाउनु कुनै पाप नभएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै आफ्नो सम्पत्तिको बचाउ गर्दै लेखेका छन्, ‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो।’ उनले अगाडि लेखेका छन्, ‘सरकारमा आउनअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो । चेतना भया ।’
सार्वजनिक विवरणअनुसार गृहमन्त्री गुरुङसँग धनकुटा, चितवन र गोरखामा जग्गा छ । उनको धनकुटामा १९ रोपनी, चितवनमा ३० कट्ठा र गोरखामा २२१ रोपनी जग्गा रहेको पाइएको छ । उनको बैङ्क खातामा करिब ६० लाख रुपैयाँ छ भने विभिन्न कम्पनीमा साढे चार करोड रुपैयाँ बराबरको सेयर लगानी छ ।
उनको नाममा एउटा कार पनि रहेको छ । चल सम्पत्तितर्फ देखिएको ८९ तोला सुन र ६ किलो चाँदी समेत रहेको उल्लेख गरेका छन् । उनले आफ्नो धेरै सम्पत्ति पैतृक रूपमै पाएको दाबी पनि गरेका छन् ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend