Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपसभामुख ठाकुरले गरिन पदभार ग्रहण


    सोमबार, चैत्र ३० २०८२
    375
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन् । सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर उनले पदभार सम्हालेकी हुन् ।

    पदभार ग्रहणपश्चात उपसभामुख ठाकुरले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेट गरेकी छन् ।

    गत २७ गते उपसभामुखको निर्वाचन भएको थियो । निर्वाचनमा श्रम संस्कृति पार्टीबाट ठाकुर र राप्रपाबाट सरस्वती लामा उम्मेदवार थिए । रास्वपाको समर्थन पाएकी ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार