Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • पूर्वप्रधानमन्त्री नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार हुने


    सोमबार, चैत्र ३० २०८२
    285
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ ।

    पतञ्जली योगपीठ तथा आयुर्वेदको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    अख्तियारका अनुसार पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुट दिने सम्बन्धी मन्त्रिपरिषद्, विधेयक समितिको मिति २०६६।१०।१८ गतेको निर्णय कार्यान्वयनको लागि मालपोत कार्यालय, काभ्रेपलाञ्चोकमा मिति २०६६।१२।२४ गते मात्र पत्राचार भएको देखिएको छ ।

    तर, त्यसअघि नै तत्कालीन प्रधानमन्त्री नेपालको निर्देशानुसार विभागीय मन्त्रालयबाट उक्त कम्पनीले गैरकानूनी तवरबाट प्राप्त गरेको हदभन्दा बढी जग्गा भूमिसम्बन्धी ऐन बमोजिम जफत तथा सरकारी सार्वजनिक कायम हुने जग्गा बेचविखन तथा सट्टापट्टासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा ठाडो प्रस्तावको रूपमा पेश गरे गराएको देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार