Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • यी ९ बैंकले वैशाखका लागि घटायो ब्याजदर (सूचीसहित)


    सोमबार, चैत्र ३० २०८२
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि प्रकाशन गरेको ब्याजदर तालिका अनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् ।

    विवरण अनुसार १० बैंकको ब्याजदर स्थिर छ । यसरी ब्याजदर स्थिर राख्ने बैंकहरूमा प्राइम कमर्शियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एनएमबि बैंक रहेका छन् ।

    त्यस्तै, ९ बैंकले ब्याजदर घटाएका छन् । यी बैंकहरूमा सिद्धार्थ बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक छन्।

    यसपटक ब्याजदर बढाउने एकमात्र बैंक कृषि विकास बैंक रहेको छ । उक्त बैंकले साधारण बचत खातादेखि संस्थागत मुद्दती निक्षेपसम्मको ब्याजदरमा ०.०३ प्रतिशत विन्दुले वृद्धि गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार