काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ। प्रतिनिधि सभाले गत शुक्रबार संसदीय विषयगत समितिहरू गठन गरेसँगै सभापति चयन प्रक्रिया अघि बढेको हो।
सार्वजनिक लेखा समिति २६ सदस्यीय रहेको छ र उक्त समितिमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राई सदस्य छन्। सभापति चयनका लागि दलहरूबीच आन्तरिक छलफल भइरहेको जनाइएको छ।
सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिका सभापतिको निर्वाचन आगामी वैशाख ४ गतेका लागि निर्धारण गरेका छन्। सो मितिभन्दा अघि नै सहमतिको आधारमा सभापति टुंगो लगाउने प्रयास दलहरूले गरिरहेका छन्।
संसदीय समितिहरूले विधेयक परीक्षण, सरकारी खर्चको निगरानी तथा नीतिगत कार्यान्वयनको मूल्यांकन गर्ने जिम्मेवारी वहन गर्ने व्यवस्था रहेको छ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend