Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी


    आइतबार, चैत्र २९ २०८२
    585
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ। प्रतिनिधि सभाले गत शुक्रबार संसदीय विषयगत समितिहरू गठन गरेसँगै सभापति चयन प्रक्रिया अघि बढेको हो।

    सार्वजनिक लेखा समिति २६ सदस्यीय रहेको छ र उक्त समितिमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राई सदस्य छन्। सभापति चयनका लागि दलहरूबीच आन्तरिक छलफल भइरहेको जनाइएको छ।

    सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिका सभापतिको निर्वाचन आगामी वैशाख ४ गतेका लागि निर्धारण गरेका छन्। सो मितिभन्दा अघि नै सहमतिको आधारमा सभापति टुंगो लगाउने प्रयास दलहरूले गरिरहेका छन्।

    संसदीय समितिहरूले विधेयक परीक्षण, सरकारी खर्चको निगरानी तथा नीतिगत कार्यान्वयनको मूल्यांकन गर्ने जिम्मेवारी वहन गर्ने व्यवस्था रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार