काठमाडौं । विगतमा सामाजिक संजाल लगायतका बिभिन्न मञ्चमा प्रश्न गर्न पाउनुपर्ने र बोल्न पाउनुपर्ने माग राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको सरकारले बोलेकै र प्रश्न गरेकै आधारमा युटुबर रोशन पोखरेललाई पक्राउ गरेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युटुवर पोखरेललाई प्रधानमन्त्री वालेन्द्र शाहविरुद्ध अपशब्द प्रयोग गरी अपमानजनक सामाग्री बनाएको आरोप लगाइएको छ ।
सरकारमा गएपछि प्रश्न सुन्न नचाहने प्रबृत्ति रास्वपामा पनि देखापरेको टिकाटिप्पणी भइरहेको छ । विगतमा ‘सिंहदरबार जलाइदिन्छु’, ‘टुकुचामा गाडिदिन्छु’, मध्यरातमा फलाना पार्टी…. भनेर मध्यरातमा सामाजिक संजालमा लेख्नेहरुको आलोचना गरी एक महिनाअघि बोलेको भिडियोकै आधारमा पोखरेललाई प्रहरीले पक्राउ गरिएको बताइएको छ । पोखरेलले उक्त भिडियो युटुबबाट हटाइ सके पनि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘एचएडीएस’ नामक युटुब च्यानल चलाउने पोखरेललाई साइबर ब्यूरोको अनुसन्धानका आधारमा पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ । उनले उक्त भिडिओ च्यानलबाट हटाए पनि साइबर अपराधमा मुद्दा चलाउने तयारी गरिएको छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई पाँच वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend