Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • नयाँ सरकार आए पनि तस्करी उस्तै, सशस्त्रका घुमुवाको सेटिङ


    आइतबार, चैत्र २९ २०८२
    3.2K
    Shares
    सर्लाहीको छतौना क्षेत्रबाट यसरी भइरहेको छ तस्करी
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नयाँ सरकार बनेपछि भारतीय सीमा क्षेत्रबाट हुँदैआएको भन्सारछली नियन्त्रण हुने अपेक्षा गरिए पनि त्यो रोकिन सकेको छैन । सर्लाहीको छतौना, बहादुरपुर, मधुवनीबाट निर्वाध तस्करी भइरहेको छ ।

    सशस्त्र प्रहरी बल छतौना बीओपीलाई समेत मिलाएर भारतबाट बुधु यादव र राजेश ठाकुरले पटाकाको तस्करी गर्दैगरेको भिडियो नै प्राप्त भएको छ । छतौनाबाट तस्करीको पटाका ल्याउँदै गरेको भिडियो नै प्राप्त भएकाले तस्करी नयाँ सरकार आएपछि पनि निर्वाध भइरहेको पुष्टि गरेको छ ।

    रौतहट र सर्लाही तस्करीको संजाल चलाउने दर्जाले सहायक हवल्दार रोशन मिश्राकै सेटिङमा बुदु यादव र राजेश ठाकुरले भारतबाट पटाका ल्याउने गरेका छन् । तिहारताका पटाका ल्याउन रोक लाग्ने भएकाले आहिलेदेखि पटाका तस्करी गरी पछि महंगोमा बिक्री गर्ने गरिएकोा स्रोत बताउँछ ।

    मधेश प्रदेशका डीआईजी कृष्ण ढकाल र सशस्त्र प्रहरी बलका एक एआईजीको संरक्षणप्राप्त मिश्र दरबन्दी सशस्त्र मुख्यालयमा भए पनि प्रायः मधेश प्रदेशका सर्लाही र रौतहटमै तस्करीको सेटिङ मिलाउन पुग्ने गरेका छन् ।

    रौतहटको तस्करीको चिनी बरामदपछि लुकाएपछि मुख्यालय तानिएका मिश्र नेपालमा डेढ करोड भन्दा बढी मूल्य पर्ने भारतीय नम्बर प्लेटको गाडीमा सवार भई तस्करीको सेटिङ मिलाउन जाने गरेको स्रोत बताउँछ ।

    सहायक हवल्दार दर्जा भएर पनि थार गाडीमा त्यो पनि भारतीय नम्बर प्लेटको चढ्ने गरेका मिश्रको सानसौकत एसपीभन्दा माथिको जस्तो छ, रौतहट,बारा र सर्लाहीमा । डीआईजीदेखि एआईजीसम्मलाई मिसाउन सक्ने खुबी भएका उनलाई सशस्त्र मुख्यालयमा ड्युटीमै नराखी मधेशमा असुलीमा लगाइएको छ ।

    सर्लाहीको छतौना क्षेत्रबाट यसरी हुँदैआएको छ तस्करी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार