काठमाडौँ। हिन्द महासागर सम्मेलनका क्रममा मोरिसस पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस। जयशंकरबीच शुक्रबार पोर्ट लुइसमा द्विपक्षीय भेटवार्ता भएको छ।
नवौँ हिन्द महासागर सम्मेलन (आईओसी)को साइडलाइनमा भएको यो भेटमा दुई देशबीचको साझेदारी र क्षेत्रीय सहकार्यका विविध आयामबारे छलफल भएको हो।
भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत मन्त्री खनाललाई नियुक्तिमा बधाई दिँदै विभिन्न क्षेत्रमा प्रगाढ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘नेपालसँगको साझेदारीमा रहेका पूर्ण सम्भावनाहरूलाई साकार पार्न विभिन्न क्षेत्रमा थप गहिरो सहकार्य गर्नेबारे हामीले छलफल गर्यौँ,’ जयशंकरले उल्लेख गरेका छन्।
बिहीबार मोरिससतर्फ प्रस्थान गरेका मन्त्री खनालले सम्मेलनमा ‘माउन्टेन–ओसियन कनेक्टिभिटी’ (हिमाल र महासागरको सम्बन्ध) को मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेका छन्। भूपरिवेष्ठित राष्ट्र भए पनि नेपालले आफ्नो वैदेशिक व्यापारका लागि समुद्री मार्गको अपरिहार्यता र हिन्द महासागरको स्वास्थ्यमा आफ्नो हिस्साबारे सम्मेलनमा राष्ट्रिय अडान राख्ने बताइएको छ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend