Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • उपसभामुखमा श्रम संस्कृतिकी रूबी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय


    शुक्रबार, चैत्र २७ २०८२
    350
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ ।

    सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय बसेको संसदीय दलको बैठकले उपसभामुखमा ठाकुरलाई मतदन गर्ने निर्णय गरेको हो।

    प्रवक्ता मनिष झाका अनुसार बैठकमा सहभागी हुन प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता बालेन शाह, पार्टी सभापति रवि लामिछाने लगायत पुगेका थिए ।

    उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार छन् । श्रम संस्कृतिकी २५ वर्षीया ठाकुरले विहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार