काठमाडौँ । वैदेशिक रोजगारीसम्बन्धी श्रम स्वीकृति सेवाको नाममा गलत र भ्रमपूर्ण प्रचार-प्रसार गर्ने गतिविधि रोक्न वैदेशिक रोजगार विभागले कडा निर्देशन जारी गरेको छ।
विभागले साइबर सेन्टर, तालिम संस्था तथा अन्य निजी निकायहरूलाई लक्षित गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्न र प्रचार सामग्री हटाउन समयसीमा तोकेको छ।
विभागका अनुसार कार्यालय आसपास तथा अन्य स्थानमा रहेका केही साइबर सेन्टर र इन्स्टिच्युटहरूले “श्रम स्वीकृति गरिन्छ”, “श्रम सम्बन्धी फारम भरिन्छ” वा “श्रम अनलाइन सेवा उपलब्ध छ” जस्ता दाबी गर्दै सेवाग्राहीलाई आकर्षित गर्ने, भ्रममा पार्ने र आर्थिक असुली गर्ने गुनासो बढेको छ।
सार्वजनिक सूचना जारी गर्दै विभागले श्रम स्वीकृति सम्बन्धी सम्पूर्ण प्रक्रिया प्रचलित कानुनअनुसार केवल विभाग वा तोकिएका श्रम तथा रोजगार कार्यालयमार्फत मात्र हुने स्पष्ट पारेको छ। यसबाहेक अन्य निकायले यस्तो सेवा प्रदान गर्छु भन्ने गरी प्रचार गर्नु गैरकानुनी हुने पनि विभागले जनाएको छ।
विभागले यस्ता गलत सूचनामूलक बोर्ड, होर्डिङ, फ्लेक्स तथा भित्ते लेखन सोमबारभित्र हटाइसक्न सम्बन्धित व्यवसायी तथा संस्थालाई निर्देशन दिएको छ। तोकिएको समयसीमा पालना नगरे कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई पाँच वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend