काठमाडौँ । वैदेशिक रोजगारीसम्बन्धी श्रम स्वीकृति सेवाको नाममा गलत र भ्रमपूर्ण प्रचार-प्रसार गर्ने गतिविधि रोक्न वैदेशिक रोजगार विभागले कडा निर्देशन जारी गरेको छ।
विभागले साइबर सेन्टर, तालिम संस्था तथा अन्य निजी निकायहरूलाई लक्षित गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्न र प्रचार सामग्री हटाउन समयसीमा तोकेको छ।
विभागका अनुसार कार्यालय आसपास तथा अन्य स्थानमा रहेका केही साइबर सेन्टर र इन्स्टिच्युटहरूले “श्रम स्वीकृति गरिन्छ”, “श्रम सम्बन्धी फारम भरिन्छ” वा “श्रम अनलाइन सेवा उपलब्ध छ” जस्ता दाबी गर्दै सेवाग्राहीलाई आकर्षित गर्ने, भ्रममा पार्ने र आर्थिक असुली गर्ने गुनासो बढेको छ।
सार्वजनिक सूचना जारी गर्दै विभागले श्रम स्वीकृति सम्बन्धी सम्पूर्ण प्रक्रिया प्रचलित कानुनअनुसार केवल विभाग वा तोकिएका श्रम तथा रोजगार कार्यालयमार्फत मात्र हुने स्पष्ट पारेको छ। यसबाहेक अन्य निकायले यस्तो सेवा प्रदान गर्छु भन्ने गरी प्रचार गर्नु गैरकानुनी हुने पनि विभागले जनाएको छ।
विभागले यस्ता गलत सूचनामूलक बोर्ड, होर्डिङ, फ्लेक्स तथा भित्ते लेखन सोमबारभित्र हटाइसक्न सम्बन्धित व्यवसायी तथा संस्थालाई निर्देशन दिएको छ। तोकिएको समयसीमा पालना नगरे कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend