काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहतालाई समेत सचेत गराउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको छ।
पार्टीको केन्द्रीय कार्यालयबाट प्रेषित पत्रअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार शाहसँग जोडिएको स्वास्थ्य बीमा बोर्ड सदस्य नियुक्ति प्रकरणमा अपेक्षित गम्भीरता नदेखिएको भन्दै मन्त्री मेहताको भूमिकामाथि पनि प्रश्न उठाइएको हो।
रास्वपाले केन्द्रीय अनुशासन आयोगको अध्ययनका आधारमा उक्त प्रकरणले पार्टीको छवि, आदर्श र मर्यादामा नकारात्मक असर पारेको निष्कर्ष निकालेको जनाएको छ। सोही सन्दर्भमा सम्बन्धित विषयमा जिम्मेवार मन्त्रालयको नेतृत्वमा रहेकी मन्त्री मेहतालाई सचेत गराउन आवश्यक देखिएको पत्रमा उल्लेख छ। यही प्रकरणमा श्रम मन्त्री शाह बर्खास्त भइसकेका छन्।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई पाँच वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend