काठमाडौँ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुखमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्।
एमालेका नेता एवं सांसद गुरु बरालका अनुसार तीन दलबीच समझदारी जुटेको छ। ‘यसमा हामीले नेपाली कांग्रेस, नेकपा र श्रम संस्कृतिसँग संवाद गर्यौँ, प्रतिपक्षीय भूमिकामा रहेर एक जनाको उम्मेदवारी दिउँ भनेर समझदारी बनाएका छौँ,’ बरालले भने, ‘श्रम संस्कृतिकै उम्मेदवारलाई तीनै दलको समर्थन हुन्छ।’
संसदको सबैभन्दा ठूलो दल रास्वपाले कसलाई समर्थन गर्छ भन्ने यकीन भइसकेको छैन। तर, राप्रपाले उम्मेदवारी दिए रास्वपाले समर्थन गर्ने सूचना पाएपछि चार दल एकै ठाउँमा उभिएका हुन्।
बिहीबार उपसभामुखको उम्मेदवारी दर्ता हुँदै छ। श्रम संस्कृति पार्टीले उम्मेदवारको फारम लिइसकेको छ।
उपसभामुखका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दिने समय तोकिएको छ। त्यसपछि शुक्रबार प्रतिनिधि सभामा निर्वाचनको कार्यक्रम तय गरिएको छ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend