काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख पदमा उम्मेदवारी दिने कि नदिने भनेर छलफलमा जुटेको छ ।
एमालेका सांसद गुरुप्रसाद बरालका अनुसार प्रतिपक्षमा रहेका दलहरूसँग संवाद भइराखेको छ । ‘उपसभामुख प्रतिपक्षको अधिकारको विषय पनि हो । यसकारण हामी प्रतिपक्षमा रहेका दलहरूसाग संवादमा छौं’, सांसद बरालले भने ।
उनका अनुसार नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीसँग संवाद भएको छ । तर, कसरी अगाडि जाने भनेर टुंगो लागेको छैन ।
एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग समेत संवादको पहल गरिराखेको छ ।
नेपाली कांग्रेसका सांसद मोहन आचार्यले पनि आफूहरू छलफलमै रहेको जानकारी दिए ।
उपसभामुख पदमा उम्मेदवारी दिने समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म छ ।
यसअघि नै रास्वपाबाट सभामुख भइसकेकोले उपसभामुखमा अर्को दलको व्यक्ति हुनुपर्छ । साथै, सभामुखमा पुरुष रहेकाले उपसभामुखमा महिला उम्मेदवार हुनुपर्छ ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend