Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • देउवा दम्पतीविरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्ने प्रक्रिया सुरु


    बुधबार, चैत्र २५ २०८२
    285
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्ने प्रक्रिया थालिएको छ ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट पक्राउ पुर्जी लिएर देउवा दम्पती विरुद्ध प्रहरी प्रधान कार्यालयमार्फत इन्टरपोलबाट नोटिस जारी गर्ने तयारी थालेको हो ।

    प्रहरी प्रधान कार्यालय स्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)को आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) बाट नोटिस जारी हुने प्रावधान छ ।

    पूर्व प्रधानमन्त्री देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा। राणाको विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जन गरेको विषयमा अनुसन्धान गरिरहेको छ ।

    पुर्जी जारी भएपछि विभागले देउवा दम्पतीको यात्रा विवरण अध्यागमन विभागसँग मागेको छ ।

    अध्यागमन स्रोतका अनुसार आरजु २०८२ फागुन १० मा भारत र शेरबहादुर देउवा २०८२ फागुन १३ मा सिंगापुर गएको देखिन्छ । देउवा दम्पती हाल हङकङमा छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकृतहरूले अध्यागमन विभागबाट एक साताअघि नै उनीहरूको यात्रा विवरण ल्याएको बताइएको छ ।

    यात्रा विवरणमा विदेश गएको पुष्टि भएपछि उनीहरू विरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्ने कानुनी व्यवस्था छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार