Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ 


    बुधबार, चैत्र २५ २०८२
    265
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले शपथ ग्रहण गरेका छन् ।

    संघीय संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई शपथ गराएका हुन् ।

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार