Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


    बुधबार, चैत्र २५ २०८२
    335
    Shares
    प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुहुँदै नवनिर्वाचित सभामुख अर्याल काठमाडौँ, २३ चैतः सोमबार बसेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुहुँदै नवनिर्वाचित सभामुख डोलप्रसाद (डिपी) अर्याल । तस्बिरः रत्न
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

    सिंहदरबारस्थित बहुउद्देश्यीय हलसँगैको समितिको सभाकक्षमा बैठक बस्न लागेको हो । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार बैठक मध्याह्न १२ बजे बस्नेछ ।

    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । त्यस अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

    आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्नेछन् । त्यसअघि सोही विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार