Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • सञ्चारकर्मी जीपी तिमिल्सिना पक्राउ


    मंगलबार, चैत्र २४ २०८२
    315
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पूर्वमिस नेपाल उषा खड्गीका पूर्वपति जीपी तिमिल्सिना पक्राउ परेका छन्।

    मंगलबार तिमिल्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ। उनीविरुद्ध पूर्वमिस खड्गीले उजुरी दिएकी थिइन्।

    तिमिस्लिनाले अभद्र व्यवहार गरेको र धाकमम्की दिएको भन्दै खड्गीले भक्तपुर प्रहरीमा उजुरी दिएकी थिइन्। खड्गीको उजुरीपछि सोमबार प्रहरीले दुवै पक्षलाई बोलाएर विवाद टुंग्याउने प्रयास गरेको थियो।

    छलफलबाट विवाद समाधान नभएपछि मंगलबार प्रहरीले तिमिल्सिनालाई पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी परिसर, भक्तपुरको हिरासतमा राखिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार