काठमाडौं । काठमाडौं महानगरपालिकाका दुई विभागीय प्रमुखले रातो नम्बर प्लेट राखेर प्रयोग सरकारी सवारीसाधन प्रयोग गरेको समाचार नेपालफेसले मंगलबार बिहान प्रकाशित गरेपछि एउटा गाडीमा सेतो नम्बर राख्न प्रशासनले निर्देशन दिइसकेको छ । अर्को गाडी आयोजनाको भएकाले अझै पनि रातो नम्बर प्लेटमै रहेको छ ।
योजना, अनुगमन तथा मूल्यांकन एकाई प्रमुख सुमित्रा लामिछाने सुवेदीले प्रयोग गरिरहेको बा १२ च १४१ नम्बरको गाडीमा सेतो नम्बर प्लेट राख्नका लागि पठाइसकिएको महानगर स्रोतले बताएको छ ।
स्रोतका अनुसार वातावरण बिभागकी प्रमुख सरिता राईले आफूले प्रयोग गरिरहेको गाडीको अझै पनि सेतो नम्बर परिवर्तन गर्न आनाकानी गरिरहेकी छन् । उनले प्रयोग गर्दैआएको २६४४ नम्बरको सरकारी गाडी महानगर अन्तर्गतकै चःमती जग्गा एकीकरण आयोजनाको हो ।
महानगरका दुबै अधिकारीले सुरक्षाका कारण देखाउँदै सरकारी गाडी रातो (निजी) नम्बर प्लेट राखेर सञ्चालन गर्दैआएका थिए ।
महानगरको सेतो नम्बर प्लेटको गाडीमा रातो नम्बरप्लेट राखेकाले शनिबार र अन्य सार्वजनिक बिदाका दिन राई र लामिछाने ढुक्कका साथ घुमघाममा समेत जाने गरेको आरोप लाग्दैआएको छ । महानगरको गाडी र इन्धनको दुरुपयोग यसरी गर्न उनीहरुले वालेन्द्र शाह मेयर हुँदादेखि नै पाउँदैआएका छन् ।
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend