Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • महानगरमा शक्तिशाली यी हाकिमः सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर दुरुपयोग


    मंगलबार, चैत्र २४ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका दुई विभागीय प्रमुखले सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर प्रयोग गरिरहेका छन् ।

    महानगरको वातावरण बिभागका प्रमुख सरिता राई र योजना, अनुगमन तथा मूल्यांकन एकाई प्रमुख सुमित्रा लामिछाने सुवेदीले सरकारी गाडी रातो नम्बर प्लेट राखेर प्रयोग गर्दैआएका छन् ।

    आठौं तहकी सरिता राईले २६४४ नम्बरको सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर प्रयोग गरिरहेकी छन् । लामिछानेले बा १२ च १४१ नं. को गाडीमा रातो नम्बर प्लेट राखी प्रयोग गर्दैआएकी छन् ।

    सुरक्षाका कारण देखाउँदै सरकारी गाडी रातो (निजी) नम्बर प्लेट राखेर सञ्चालन गरेको पाइएको छ । तर महानगरका यी दुई अधिकृतलाई कस्तो सुरक्षा खतरा आइपरेछ र उनीहरुले सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर दुरुपयोग गरेका हुन् भन्ने प्रश्न उठेको छ ।

    निजी नम्बर प्लेट राखेर प्रयोग गरिएका सवारीसाधनको सदुपयोग वा दुरुपयोग भएको छ भन्नेबारे कुनै निकायले अनुगमन गर्न सकेको छैन ।

    राई वातावरण बिभागको निमित्त प्रमुख हुन् । उनीभन्दा बरिष्ठ अधिकृतलाई दिएर राईलाई वातावरण बिभाग प्रमुखको जिम्मा दिइएको छ । २ बर्षदेखि बातावरण बिभागमा रहेकी उनी यसअघि प्रशासन बिभागको प्रमुख थिइन् ।

    महानगरको सेतो नम्बर प्लेटको गाडीमा रातो नम्बरप्लेट राखेकाले शनिबार र अन्य सार्वजनिक बिदाका दिन राई र लामिछाने ढुक्कका साथ घुमघाममा समेत जाने गरेका छन् । महानगरको गाडी र इन्धनको दुरुपयोग यसरी गर्न उनीहरुले वालेन्द्र शाह मेयर हुँदादेखि नै पाउँदैआएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार