काठमाडौं । काठमाडौं महानगरपालिकाका दुई विभागीय प्रमुखले सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर प्रयोग गरिरहेका छन् ।
महानगरको वातावरण बिभागका प्रमुख सरिता राई र योजना, अनुगमन तथा मूल्यांकन एकाई प्रमुख सुमित्रा लामिछाने सुवेदीले सरकारी गाडी रातो नम्बर प्लेट राखेर प्रयोग गर्दैआएका छन् ।
आठौं तहकी सरिता राईले २६४४ नम्बरको सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर प्रयोग गरिरहेकी छन् । लामिछानेले बा १२ च १४१ नं. को गाडीमा रातो नम्बर प्लेट राखी प्रयोग गर्दैआएकी छन् ।
सुरक्षाका कारण देखाउँदै सरकारी गाडी रातो (निजी) नम्बर प्लेट राखेर सञ्चालन गरेको पाइएको छ । तर महानगरका यी दुई अधिकृतलाई कस्तो सुरक्षा खतरा आइपरेछ र उनीहरुले सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर दुरुपयोग गरेका हुन् भन्ने प्रश्न उठेको छ ।
निजी नम्बर प्लेट राखेर प्रयोग गरिएका सवारीसाधनको सदुपयोग वा दुरुपयोग भएको छ भन्नेबारे कुनै निकायले अनुगमन गर्न सकेको छैन ।
राई वातावरण बिभागको निमित्त प्रमुख हुन् । उनीभन्दा बरिष्ठ अधिकृतलाई दिएर राईलाई वातावरण बिभाग प्रमुखको जिम्मा दिइएको छ । २ बर्षदेखि बातावरण बिभागमा रहेकी उनी यसअघि प्रशासन बिभागको प्रमुख थिइन् ।
महानगरको सेतो नम्बर प्लेटको गाडीमा रातो नम्बरप्लेट राखेकाले शनिबार र अन्य सार्वजनिक बिदाका दिन राई र लामिछाने ढुक्कका साथ घुमघाममा समेत जाने गरेका छन् । महानगरको गाडी र इन्धनको दुरुपयोग यसरी गर्न उनीहरुले वालेन्द्र शाह मेयर हुँदादेखि नै पाउँदैआएका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend