एजेन्सी । इरानले जारी युद्ध ‘सदाका लागि अन्त्य’ गर्न पाकिस्तानमार्फत अमेरिकालाई शान्ति प्रस्ताव पठाएको छ । दुई देशबीचको वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानमार्फत इरानी प्रतिनिधिमण्डलले अमेरिकाको प्रस्तावमा जवाफ पठाएको हो ।
समाचार एजेन्सी आईआरएनएका अनुसार इरानको नेतृत्वले लगभग दुई हप्तासम्म गहन समीक्षापश्चात् आफ्नो प्रतिक्रिया पठाएको हो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौताका लागि आज मंगलबारसम्मको समयसीमा दिएका थिए । ट्रम्पले दिएको समयअगावै इरानले जवाफ पठाएको हो ।
ट्रम्पले मंगलबारसम्म होर्मुज स्ट्रेट नखोलिए इरानका पावर प्लान्ट र पुल ध्वस्त पारिने धम्की दिएका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले मध्यस्थकर्ताहरूमार्फत सन्देश आदानप्रदान भएको पुष्टि गरेका छन्। तर अमेरिकाको १५–बुँदे योजना अस्वीकार गरेको पनि दाबी गरेका छन्।
आईआरएनएले लेखेको छ, ‘इरानको दश–अनुच्छेदको जवाफमा विगतका अनुभव उद्धृत गर्दै युद्धविरामको विचार अस्वीकार गरेको छ। बरु यसको सट्टा इरानले आफ्ना सर्तमा स्थायी समाधानमा जोड दिएको छ।’
समाचार एजेन्सीका अनुसार इरानको दस्तावेजमा क्षेत्रीय द्वन्द्वको अन्त्य, होर्मुज स्ट्रेटमा सुरक्षित आवतजावतको सम्झौता, पुनर्निर्माण र प्रतिबन्ध हटाइनुपर्नेजस्ता धेरै माग छन् ।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति पत्रकार सम्मेलन गरी इरानलाई कडा चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘यदि अमेरिकाले चाह्यो भने एकै रातमा सिंगो इरानलाई ध्वस्त पार्न सक्छ। आवश्यक परेमा त्यो रात भोलि पनि हुन सक्छ ।’
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend