काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण निवेदनमा न्यायालयमा बहस प्रक्रिया सम्पन्न भएको छ। इजलासले सुनुवाइ सकिएसँगै आजै संक्षिप्त आदेश सार्वजनिक गर्ने संकेत गरेको छ।
उक्त निवेदन ओलीतर्फ उनकी पत्नी राधिका शाक्य तथा लेखकतर्फ पत्नी यशोदा लेखकले दायर गरेका हुन्। आइतबारदेखि सुरु भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिँदै सोमबार पुनः अघि बढाइएको थियो।
सोमबारको कार्यसूचीअनुसार गृह मन्त्रालयसहितका विपक्षी पक्षका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले बहस प्रस्तुत गरेको थियो। त्यसपछि निवेदक पक्षबाट जवाफी बहस सम्पन्न भएसँगै इजलास आदेश तयारीतर्फ अघि बढेको हो।
उक्त मुद्दा न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा विचाराधीन रहेको थियो। यसअघि अदालतले सम्बन्धित पक्षहरूसँग लिखित जवाफ समेत माग गरेको थियो।
काठमाडौँ। भोटेकोसी प्रभावितका लागि चीनले पठाएको पाँचौ खेपको आकस्मिक राहत सामग्री काठमाडौं आइपुगेको छ। राहत सामग्री बोकेर चियनाँ जनमुक्ति सेना ९पीएलए० को विमान शुक्रबार दिउँसो...
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ वटा ग्यास सिलिन्डर बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend