काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण निवेदनमा न्यायालयमा बहस प्रक्रिया सम्पन्न भएको छ। इजलासले सुनुवाइ सकिएसँगै आजै संक्षिप्त आदेश सार्वजनिक गर्ने संकेत गरेको छ।
उक्त निवेदन ओलीतर्फ उनकी पत्नी राधिका शाक्य तथा लेखकतर्फ पत्नी यशोदा लेखकले दायर गरेका हुन्। आइतबारदेखि सुरु भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिँदै सोमबार पुनः अघि बढाइएको थियो।
सोमबारको कार्यसूचीअनुसार गृह मन्त्रालयसहितका विपक्षी पक्षका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले बहस प्रस्तुत गरेको थियो। त्यसपछि निवेदक पक्षबाट जवाफी बहस सम्पन्न भएसँगै इजलास आदेश तयारीतर्फ अघि बढेको हो।
उक्त मुद्दा न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा विचाराधीन रहेको थियो। यसअघि अदालतले सम्बन्धित पक्षहरूसँग लिखित जवाफ समेत माग गरेको थियो।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend