Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत


    सोमबार, चैत्र २३ २०८२
    390
    Shares
    प्रतिनिधिसभा बैठक काठमाडौँ, २३ चैतः प्रतिनिधिसभाको सोमबार सिंहदरबारमा बसेको बैठकमा सहभागीहरू । तस्बिरः रत्न श्रेष्ठ÷रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत भएको छ ।

    सभाको आजको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन)अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ सर्वसम्म रूपमा स्वीकृत भएको हो ।

    बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले ती विधेयकलाई अस्वीकार गर्ने सूचना प्राप्त नभएको ब्यहोरा जानकारी गराएका थिए ।

    बैठकले नेपाली कम्युनिष्ट पार्टीका सांसद रामचन्द्र भट्टराईको निधनमा सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक यही चैत २४ गते मंगलबार अपराह्न १:०० बजे बस्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार