Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • विदेशी ऋण लिने सरकारको निर्णयप्रति राप्रपा सांसदको आपत्ति


    सोमबार, चैत्र २३ २०८२
    635
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले विदेशी ऋण लिने सरकारको निर्णयप्रति आपत्ति जनाएकी छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कुन नीतिगत बहसका आधारमा ऋण लिइएको भन्दै प्रश्न गरेकी हुन् ।

    उनले भनिन्, ‘हाम्रो संसद् अझै शिशु अवस्थामा छ । संसदीय समिति र उपसमितिहरू बनेका छैनन् । यस्तो अवस्थामा सरकारले गरेको निर्णय पारदर्शी नहुने सम्भावना छ । उक्त ऋण हामीले माग गरेको थियौँ कि प्रस्ताव आएको थियो? यसको सरकारले संसद्मा जवाफ देओस ।’

    मध्यपूर्वको तनावको प्रभाव जनताको भान्छामा समेत परेको भन्दै उनले पेट्रोलियम पदार्थमा लगाएको कर घटाएर भए पनि सहुलियत दिनको लागि आग्रह गरिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार