सर्लाही । सर्लाहीको मलङ्वास्थित मालपोत कार्यालय र यातायात कार्यालयअन्तर्गतको लाइसेन्स ट्रायल सेन्टरबाट सेवाग्राहीसँग अवैध रूपमा रकम असुली गर्ने ९ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यातायात कार्यालय अन्तर्गत सञ्चालन भइरहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षास्थलमा सेवाग्राहीसँग लाइसेन्स बनाइदिने बहानामा रकम माग्दै बार्गेनिङ गर्ने थप दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, मलङ्वास्थित मालपोत कार्यालय परिसरबाट सेवाग्राहीको काम छिटो तथा सहज गराइदिने प्रलोभन देखाउँदै रकम बार्गेनिङ गरिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।
दुवै स्थानमा गरी जम्मा नौ जना बिचौलियालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend