Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • अब शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम


    आइतबार, चैत्र २२ २०८२
    460
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त निर्णय २०८२ चैत २३ गतेदेखि लागू हुनेछ । सोअनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा सातामा दुई दिन ९शनिबार र आइतबार० बिदा दिइनेछ ।

    शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूमा भने कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिने जनाइएको छ ।

    पेट्रोलियम आपूर्तिमा आएको समस्याका कारण सेवा प्रवाहलाई व्यवस्थित बनाउन यो निर्णय गरिएको सरकारले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार