Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची


    आइतबार, चैत्र २२ २०८२
    225
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११स्०० बजे बस्ने प्रतिनिधि सभाको बैठक बस्नेछ ।

    आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

    शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपाका सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् । आजको बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।

    त्यस्तै, राष्ट्रिय सभाको बैठक अपराह्न १२स्१५ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नेछन् । त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् ।

    कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले महिला आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार