काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारलाई आशाको दियो बन्न सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा धारणा राख्दै शाहीले डँढेलो बन्न खोजेमा भने निभाउने सामर्थ्य राख्ने चेतावनी दिएका छन् ।
‘विगतका कमजोरी नदोहोरियोस्, जनताका आवाज सुन्ने शासन सञ्चालन होस्,’ शाहीले भने, ‘सत्ता सञ्चालनको संयन्त्र मात्र नभई जनताको आशा, भरोसा र भविष्यको दियो बनोस् ।’ त्यो दियो जोगाउने आफ्नो परम कर्तव्य रहेको उनले बताए । ‘हामी जोगाउँछौँ । तर दियो डँढेलोमा परिणत नहोस्, यदि त्यो दियो डँढेलो दियो बन्ने कोसिस गर्छ भने हेक्का रहोस् त्यसलाई नियन्त्रण गर्ने, त्यसलाई निभाउने साहस हामीले राख्नुपर्छ । र, राख्छौँ पनि,’ शाहीले भने ।
सरकारलाई आवश्यक परेको बेला राप्रपा दुई तिहाइ अंक जुटाउन पनि मद्दत गर्ने शाहीले बताए । सरकारले प्रदेश खारेज र संवैधानिक राजतन्त्रसहित संविधान संशोधन गर्ने भए आफूहरू सहयोग गर्न तयार रहेको उनले बताएका हुन् ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend