Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • आफूहरूमाथि २४ घण्टा निगरानी गर्न प्रतिपक्षीलाई रबि लामिछानेको आग्रह


    बिहिबार, चैत्र १९ २०८२
    320
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको पहिलो बैठकमा आफूहरूमाथि चौबिसै घण्टा निगरानी राख्न प्रतिपक्षी दललाई आग्रह गरेका छन्।

    बिहीबार सुरु भएको बैठकमा सम्बोधन गर्दै लामिछानेले आफ्ना सांसदहरूले प्रश्न सोध्न पठाइएका र जिम्मेवारी पनि यथावत रहने बताएका छन्। उनले भने, ‘जनताले हामीलाई दिएको विशाल बहुमतको इतिहास, यो पनि फेरि गुमेको अवसर भन्यौँ भने हामी फेरि कलंकित हुनेछौँ। हामीलाई त्यो मञ्जुर छैन।’

    सभापति लामिछानेले आफ्ना दलका सदस्यहरूलाई पनि सम्झाउँदै भने, ‘हामी प्रश्न सोधेर आएका हौँ। अहिले बस्ने ठाउँ फेरियो होला। आज पनि ती प्रश्नप्रति हाम्रो नैतिक जिम्मेवारी उति नै छ।’

    साथै, उनले स्पष्ट पारेका छन् कि रास्वपा प्रश्न देखाउन मात्रै सीमित छैन, जवाफ खोज्ने कार्यमा पनि सक्रिय रहनेछ। उनले भने, ‘हामीलाई प्रश्न देखाउन मात्रै होइन, जवाफ खोज्न पनि आउँछ। हामीले त्यो देखाउनु छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार