Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • हामी एमाले विभाजन हुन दिंदैनौंः योगेश भट्टराई


    बुधबार, चैत्र ४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ गतेको संगठन संरचनामा फर्किए एमालेमा एकता हुने बताएका छन् ।

    बुधबारको एमालेको राष्ट्रिय भेलाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले सर्वोच्च अदालतको फैसलाअनुसार ओली त्यसमा फर्किनुपर्ने बताए । अनुकूल समयमा संसदीय दलको बैठक बोलाए सहभागी हुने पनि उनले बताए ।

    भोलिको संसदीय बैठकमा व्यस्तताका आफूहरु सहभागी हुन नसक्ने उनले बताए । ‘२०७५ साल जेठ २ गतेको संगठनमा फर्किन प्रधानमन्त्री तयार भए र चाहेमा एकता हुन्छ । एकताको आधारविन्दु नै जेठ २ को संगठन हो’ भट्टराईले भने ।

    आफूहरु पार्टी विभाजनको पक्षमा नभए पनि ओली समूहका नेताहरुले छुट्टिएर गइदिए हुन्थ्यो भन्ने चाहेको उनले बताए । ‘कसैको चाहना त्यो छ । मैले बुझिराखेको छु । उतापट्टिका साथीहरुको चाहना यिनीहरु छुट्टिएर गए हुन्थ्यो भन्ने छ । तर हामी पार्टी विभाजन हुन दिँदैनौ’, भट्टराईले भने । ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठक नभएर गुट भेला भएको भट्टराईले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार