Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको अहंकार र व्यक्तिवाद नै समस्याको जडः माधव नेपाल


    बुधबार, चैत्र ४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला जारी छ । भेलालाई सम्बोधन गर्दै एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको समस्याको मूल कारण पार्टी अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन् ।

    ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन गर्नेहरु जम्मा गर्ने चाहनाले पार्टी समस्यामा परेको नेता नेपालको भनाइ छ ।

    ‘ओलीको ब्यक्तिवादी मनोवृत्तिले गर्दा एमाले र माओवादी केन्द्रबीचको एकता भाँडियो’ नेता नेपालले भने, ओलीमा आलोचना र सुझाव नसुन्ने प्रवृत्ति रहेको र जबजको नारा लगाएर निरंकुश प्रवृत्ति देखाएको आरोप लगाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार