Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तोलामा २ हजार ९ सयले घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    बिहिबार, चैत्र १२ २०८२
    490
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन २ लाख ८८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ १६ हजार ७ सय रुपैयाँ घटेको छ । गत बिहीबार ३ लाख २ हजा ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १ सय रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८२० रुपैयाँमा झरेको छ । गत बिहीबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार