Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सानेपामा नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु


    बुधबार, चैत्र ४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ।

    भेलामा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्टलगायत नेताहरु सहभागी छन् ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफुहरुलाई पेलेर जाने रणनीति गरेपछि नेपाल पक्षले समानान्तर गतिविधि अगाडि बढाउँदै आज आफ्नो पक्षको भेला गरेको बताएको छ।

    दुईदिनसम्म चल्ने भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको र नेता कार्यकर्ताहरु राजधानी आइपुगिसकेको उक्त पक्षले जनाएको छ । भेलामा अगुवा नेता तथा कार्यकर्ता सहभागी हुने छन् ।

    एमाले सचिव योगेश भट्टराईले राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मतरुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल हुने बताए ।

    ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राखिएको भेला भोलिसम्म चल्ने छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार