Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको राष्ट्रिय कार्यकर्ता भेला जारी, ३ हजार भन्दा बढी सहभागी


    बुधबार, चैत्र ४ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय भेला सुरु भएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि माधव नेपाल र झलनाथ खनालहरु एमालेमै फर्किएका थिए । तर एमाले अध्यक्ष केपी ओलीले पार्टीमा फर्किएपछि एकताको वातावरण बनाउनुपर्नेमा उल्टै गुटको भेला राखी त्यसलाई केन्द्रीय कमिटीको नाम दिएर २३ जना केन्दीय सदस्य थप्ने र पदाधिकारीको जिम्मेवारी खोस्ने काम गरेपछि माधव नेपाला र झलनाथ खनालहरु समानान्तर भेला गर्ने निष्कर्षमा पुगेका छन् ।

    चैत ४ र ५ गते दुई दिनसम्म चल्ने भेलामा देशभरका प्रतिनिधिहरुको कुरा सुनिसकेपछि माधव–झलनाथ पक्षले अवधारणा सार्वजनिक गर्ने बताएको छ । ४ र ५ चैतको भेला रोक्नका लागि केपी ओलीले सोमबार माधव नेपाल लगायतका नेताहरुसँग वार्तासमेत गरेका थिए । तर उनी २८ गतेको निर्णय फिर्ता लिन तयार नभएपछि राष्ट्रिय भेला पनि स्थगित नगर्ने अडान माधव नेपाल पक्षले राखेको थियो ।

    बिहीबारसम्म चल्ने भेलामा देशभरका २ हजार अगुवा कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएकोमा ३ हजारको संख्या नाघेको प्रचार विभागका सचिव बिष्णु रिजालले जानकारी दिएका छन् । रिजालले भने–२ हजार नेताका लागि ब्यवस्थापन गरिएकोमा ३ हजारभन्दा बढी सहभागी आएका छन् ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार