Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    बुधबार, चैत्र ११ २०८२
    420
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको हो।

    आज छापवाल सुन तोलामा दुई लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार सुन तोलामा दुई लाख ७३ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४१५ रुपैयाँले बढेर तोलामा चार हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा चार हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार