Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खनाल-नेपाल पक्षलाई गोकुल बाँस्कोटाले भने- नगर्नु पर्ने भेला गरे पनि नगर्नु पर्ने काम नगर्नु


    बुधबार, चैत्र ४ २०७७
    1.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले आज हुन गइरहेको खनाल-नेपाल पक्षको राष्ट्रिय भेलालाई लिएर मुख खोलेका छन् । 

    पछिल्लो समय एमालेमा केपी शर्मा ओली नेतृत्वको समूह र माधव नेपाल-झलनाथ खनाल नेतृत्वको समूहबीच तालमेल नमिल्दा पार्टीभित्र आन्तरिक झमेला भएको सन्दर्भमा आज खनाल-नेपाल पक्षले कार्यकर्ता भेला गर्न लागेको हो । 

    सर्वोच्चले नेकपा एकीकरणलाई बदर गरेसँगै पूर्ववत् अवस्थामा फर्किएको एमालेको आन्तरिक द्वन्द चलिरहेंको छ । 
     
    यसैबीच, नेता बाँस्कोटाले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन्, ‘झण्डुबाम लगाएर आँशु पुछ्दै भनेको हैन ऐतिहासिक विरासत, वर्तमानको यथार्थ र भोली रचिदै गरेको गर्वलायक नेपालको भाष्यभित्र आजको एमाले खडा छ । तसर्थ ओलीको विकल्पमा हैन, ओलीको नेतृत्वमा पार्टी एकताको आधार खोजौ । नगर्नु पर्ने भेला गरे पनि नगर्नु पर्ने काम नगर्नु-सार्थक एकता संभव छ।’

     

    g.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार