Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • मंगलबार १ हजार ६ सय रुपैयाँले घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    मंगलबार, चैत्र १० २०८२
    495
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनको भाउ घट्ने क्रम मंगलबार पनि जारी रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले मूल्य घटेको हो ।

    आज छापवाल सुन प्रतितोला मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको महासंघले जनाएको छ ।अघिल्लो दिन २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    एक सातामै सुनको भाउ तोलामा ३६ हजार रुपैयाँ घटेको छ । गत मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    आज चाँदी भने सामान्य बढेको छ । प्रतितोला ८० रुपैयाँले चाँदीको भाउ बढेसँगै ४ हजार ५०५ रुपैयाँ पुगेको छ । चाँदी पनि विगत एक सातामा ८३० रुपैयाँ घटेको छ । गत मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार