Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • निरन्तर ओरालो लाग्दै सुनचाँदीको भाउ, प्रतितोला सातामै ३४ हजारले घट्यो


    सोमबार, चैत्र ९ २०८२
    620
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा पहेलो धातु सुनको भाउ ओरालो लागेको छ। सुनको भाउ निरन्तर घटेर पछिल्लो एक सातामा ३४ हजारले सस्तो भएको छ

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।

    आज सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    सोमबार चाँदीको भाउ तोलामा ११५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ४ हजार ४२५ रुपैयाँमा झरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार