Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • एकैदिन १२ हजार ५ सयले घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    आइतबार, चैत्र ८ २०८२
    550
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको हो ।

    यस दिनका छापवाल सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको महासंघले जनाएको छ ।

    अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ एक साताकै अवधिमा २७ हजार ४ सय रुपैयाँ घटेको छ ।

    आइतबार चाँदीको भाउ तोलामा ३५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ४ हजार ५४० रुपैयाँमा झरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार