Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ७ हजार ८ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?


    शुक्रबार, चैत्र ६ २०८२
    640
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ हजार ८ सय रुपैयाँले घटेको हो।

    आज सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको महासंघले जनाएको छ। अघिल्लो दिन ३ लाख २ हजार ३ सय रुपैयाँ थियो ।

    त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११५ रुपैयाँ घटेको छ । महासंघले आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन ५ हजार १० रुपैयाँ थियो ।

    गत माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च भएको रेकर्ड छ । सो दिन सुन तोलामा ३ लाख ३९ हजार ३ सय र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार