Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेपाल, खनाल र डा.भट्टराई पनि गएनन्


    मंगलबार, चैत्र ३ २०७७
    3.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा बसेको छ ।

    बैठकमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतको सहभागी भएका छन् ।

    यद्दपी आजको पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताालाई बोलाइएको बैठकमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल भने बैठकमा उपस्थित भएका छैनन् । उनीहरुले भोलि र पर्सिको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने भएकाले आज बोलाइएको बैठकमा सहभागी हुन नभ्याउने जनाएका थिए ।

    त्यस्तै, पूर्वप्रधानमन्त्री एवं जसपाका नेता बाबुराम भट्टराई स्वास्थ्य अवस्थाका कारण बैठकमा सहभागी हुन नसकेको उनी निकट स्रोतले जनाएको छ।

    बैठकमा उपस्थित भएका नेताहरूको नाम यसप्रकार रहेको छ :

    नेकपा एमाले

    केपी शर्मा ओली
    ईश्वर पोखरेल
    सुवास नेम्वाङ

    विष्णु पौडेल
    रामबहादुर थापा

    नेकपा माओवादी केन्द्र:

    पुष्पकम दाहाल ‘प्रचण्ड’
    नारायणकाजी श्रेष्ठ
    देव गुरुङ

    नेपाली कांग्रेस:

    शेरबहादुर देउवा
    रामचन्द्र पौडेल
    विमलेन्द्र निधी
    शशांक कोइाराला

    जनता समाजवादी पार्टी (जसपा):

    महन्थ ठाकुर
    उपेन्द्र यादव
    राजेन्द्र महतो

    राष्ट्रिय जनमोर्चा:

    चित्रबहादुर केसी

    राष्ट्र्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

    प्रकाशचन्द्र लोहनी

    नेपाल किशन मजदुर पार्टी (नेमकिपा)

    प्रेम सुवाल

    मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी

    त्यस्तै, बैठकमा उपस्थित नभएका नेताहरूको नाम यसप्रकार रहेको छ :

    माधव कुमार नेपाल

    झलनाथ खनाल

    डा. बाबुराम भट्टराई

    समसामयिक राजनीतिक विषयवस्तु तथा देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्‍मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई बोलाएकी हुन् । अहिले छलफल जारी रहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार