काठमाडौं । इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रपति मसूद पजश्कियानले शोक व्यक्त गर्दै खातिबको मृत्यु भएको बताएका हुन् । उनले खातिबसहित वरिष्ठ नेता अली लारिजानी र रक्षामन्त्री अजीज नासिरजादेहको हत्या भएको बताएका छन् ।
साथै उनीहरूसँगै रहेका परिवारका सदस्य र अन्य व्यक्तिको मृत्युले देश शोकमा डुबेको समेत उल्लेख गरेका छन् । यसअघि इजरायलले हवाई आक्रमणमा खातिब मारिएको दाबी गरेको थियो ।
इजरायली सेनाका अनुसार तेहरानमा लक्षित आक्रमण गरी उनलाई निशाना बनाइएको थियो । इजरायलले खातिब नेतृत्वको गुप्तचर मन्त्रालयले सरकारका दमनकारी गतिविधिमा भूमिका खेलेको आरोप लगाएको छ ।
हालका प्रदर्शनहरू दबाउन र प्रदर्शनकारीलाई पक्राउ तथा हत्या गर्न उनी संलग्न रहेको दाबी पनि गरिएको छ । इजरायलका रक्षामन्त्रीले पनि खातिब मारिएको पुष्टि गर्दै पछिल्लो आक्रमणलाई इरानका उच्च तहका अधिकारीविरुद्धको कारबाहीको निरन्तरता बताएका छन् ।
यसले इरानको सुरक्षा संयन्त्रमा ठूलो असर परेको दाबी गरिएको छ । इस्माइल खातिब सन् १९६१ मा जन्मिएका थिए । उनले धार्मिक शिक्षासँगै सुरक्षासम्बन्धी क्षेत्रमा लामो समय काम गरेका थिए ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend