काठमाडौँ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा निर्वाचन आयोगमा दर्ता भएसँगै विराटनगरकी सन्ध्या तिवारीको अध्यक्षतामा नेकपा एमाले पार्टी आयोगमा दर्ता भएको थियो।
यसैबीच, तिवारी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नाम परिवर्तन गर्न आयोगमा निवेदन पेश भएको छ ।
सोमबार तिवारी नेतृत्वको नेकपा एमालेको नाम परिवर्तन गर्न आयोगमा निवेदन परेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। ‘अब आयोगले बैठक बसेर निर्णय गर्नेछ’, श्रेष्ठले भने।
गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नाम विवादबारे गरेको फैसलाले एमाले र माओवादी केन्द्र ब्युतिएसँगै तिवारी नेतृत्वको नेकपा एमाले पार्टीलाई नाम परिवर्तन गर्न आयोगले पत्राचार गरेको थियो।
आयोगमा सन्ध्या तिवारीले लेखेको पत्र अनुसार आइतबार बसेको केन्द्रीय कमिटी बैठकले जनताको जनवाद पार्टी ९जजपा० नेपाल राख्ने निर्णय गरेको र सोही अनुसार नाम परिवर्तन गरिदिन आग्रह गरिए कोछ ।
तिवारीको पार्टीले जनताको जनवादी पार्टी (जजपा) राख्ने गरि निर्णय भएको सो पार्टीले जनाएको छ।

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend