Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • माधव नेपाल  कम्फरटेवल पार्टीमा विलिन हुने स्पष्ट छ : गोकुल बाँस्कोटा


    मंगलबार, चैत्र ३ २०७७
    2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल  कम्फरटेवल पार्टीमा विलिन हुन लागेको बताएका छन्। 

    पछिल्लो समय एमालेमा केपी शर्मा ओली नेतृत्वको समूह र माधव नेपाल(झलनाथ खनाल नेतृत्वको समूहबीच तालमेल नमिल्दा पार्टीभित्र आन्तरिक झमेला भएको सन्दर्भमा पूर्वमन्त्री बाँस्कोटाले यस्तो प्रश्न गरेका हुन्। 

    सर्वोच्चले नेकपा एकीकरणलाई बदर गरेसँगै पूर्ववत् अवस्थामा फर्किएको एमालेको आन्तरिक द्वन्द चलिरहेंको छ। 
     
    यसैबीच, नेता बाँस्कोटाले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन्, ‘माधब रणनीति स्पष्ट छ-गुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने, संसदमा १०-२०ले फ्लोर क्रस गरेर कार्वाही भोग्ने अनि हामीलाई बस्न टिक्न दिईएन भनेर कुर्लने र चुनाउ छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने ।स्पष्ट अब अरु हुन पर्छ जो अझै अलमलमा छन । नत्र ४ गतेको भेला किन ?

    gokul.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार