Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  एमालेलाई दुर्घटनाबाट बचाऔँ : योगेश भट्टराई


    मंगलबार, चैत्र ३ २०७७
    2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री योगेश कुमार भट्टराईले पार्टीलाई दुर्घटना हुनबाट बचाउन आग्रह गरेका छन्। 

    पछिल्लो समय पार्टीभित्रको आन्तरिक द्वन्दलाई लिएर उत्पन्न विवादबारे उनले आफ्नो धारणा सार्वजनिक गरेका छन् । 

    मंगलबार बिहानै सामाजिक सञ्जालमा उनले टुटेको संबाद जोडीनु राम्रो भएको र सबैले सकारात्मक पहल चाल्नुपर्नेमा जोड दिएका छन्। अब आउने भावी पुस्तालाई जोगाऊ भन्दै पार्टीको आन्तरिक द्वन्दले ठूलो दुर्घटना हुन सक्ने आशय व्यक्त गरेका छन्। 

    उनको लेख यस्तो छ –
    टुटेको संबाद जोडीनु राम्रो हो ।  
    सबैले सकारात्मक पहल गरौ । 

    संभावित दुर्घटनालाई रोकौ ।  
    भावि पुस्तालाई जोगाउँ ।    

    Capture.JPG

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार