काठमाडौं । राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत दक्षिण लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण भएको छ । नेपाली शान्ति सैनिक रहेको मैस अल–जाबालमा शुक्रबार बेलुकी एक्कासी हवाइ आक्रमण भएको हो ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बटालियन हेडक्वार्टरमा विस्फोट भएको बताए । उनका अनुसार एक घरमा क्षति पुगेको छ, तर कुनै मानवीय क्षति भएको छैन, सबै नेपाली शान्ति सैनिक सुरक्षित छन ।
राष्ट्रसंघले ‘सेक्युरिटी लेभल–३’ लागू गराएपछि ‘यूएन प्रोटोकल’ अनुसार एक साताअघिबाटै नेपाली सेना बंकरमा बस्न थालेको थिए ।
लेबनानमा ५ सय ४० जना नेपाली सैनिक र १३ जना स्टाफ अधिकृत कार्यरत छन् । यद्यपी तीमध्ये आक्रमण भएको ठाउँमा कति सैनिक थिए भन्ने स्पष्ट भएको छैन ।
अहिले लेबनानको शान्ति मिसनमा नेपाली सेनाका उपरथी मानबहादुर महरा ‘डेपुटी फोर्स’ कमान्डर छन् । विस्फोट कताबाट भएको हो भन्ने विषयमा राष्ट्रसंघले अनुसन्धान गरिरहेको सैनिक प्रवक्ता बस्नेतले जानकारी दिए ।
मध्यपूर्वका गतिविधिलाई प्राथमिकता दिने दुबईको ‘द नेसनल’ ले लेबनानको सरकारी समाचार एजेन्सीमा इजरायलले त्यो आक्रमण गरेको आरोप लगाइएको उल्लेख गरेको छ, तर राष्ट्रसंघले अहिलेसम्म कसैलाई दोषी ठहर गरेको छैन ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend