काठमाडौं । राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत दक्षिण लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण भएको छ । नेपाली शान्ति सैनिक रहेको मैस अल–जाबालमा शुक्रबार बेलुकी एक्कासी हवाइ आक्रमण भएको हो ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बटालियन हेडक्वार्टरमा विस्फोट भएको बताए । उनका अनुसार एक घरमा क्षति पुगेको छ, तर कुनै मानवीय क्षति भएको छैन, सबै नेपाली शान्ति सैनिक सुरक्षित छन ।
राष्ट्रसंघले ‘सेक्युरिटी लेभल–३’ लागू गराएपछि ‘यूएन प्रोटोकल’ अनुसार एक साताअघिबाटै नेपाली सेना बंकरमा बस्न थालेको थिए ।
लेबनानमा ५ सय ४० जना नेपाली सैनिक र १३ जना स्टाफ अधिकृत कार्यरत छन् । यद्यपी तीमध्ये आक्रमण भएको ठाउँमा कति सैनिक थिए भन्ने स्पष्ट भएको छैन ।
अहिले लेबनानको शान्ति मिसनमा नेपाली सेनाका उपरथी मानबहादुर महरा ‘डेपुटी फोर्स’ कमान्डर छन् । विस्फोट कताबाट भएको हो भन्ने विषयमा राष्ट्रसंघले अनुसन्धान गरिरहेको सैनिक प्रवक्ता बस्नेतले जानकारी दिए ।
मध्यपूर्वका गतिविधिलाई प्राथमिकता दिने दुबईको ‘द नेसनल’ ले लेबनानको सरकारी समाचार एजेन्सीमा इजरायलले त्यो आक्रमण गरेको आरोप लगाइएको उल्लेख गरेको छ, तर राष्ट्रसंघले अहिलेसम्म कसैलाई दोषी ठहर गरेको छैन ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend