Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रको बैठक स्थगित


    सोमबार, चैत्र २ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । हिजोदेखि सुरु भएको  नेकपा माओवादी केन्द्रको  केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ ।

    हिजो आइतवार देखि सुरु भएको बैठक आज केही बेर बसेर स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । 
    आजको वैठकमा २० जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेको माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाईले जानकारी दिए । धारणा राख्ने अधिकांश सदस्यले पार्टीको नाम अहिले परिवर्तन गर्न आवश्यक नभएकोमा जोड दिएका छन् ।

    उनीहरूले संगठन कसरी विस्तार गर्ने, एकता किन टुट्यो भन्ने विषयमा जनतालाई बुझाउने गरी अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

    पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता आउन  पत्रसमेत पठाइएकोमा अहिलेसम्म सरकारमा रहेका मन्त्रीहरुबाट  जवाफ नआएकोले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने पनि श्रेष्ठले बताए ।

    नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार