काठमाडौं । अमेरिकी सेनाको एक केसी–१३५ रिफ्युलिङ विमान इराकमा दुर्घटनामा परेको छ । अमेरिकी सेनाले पश्चिमी इराकमा विमान दुर्घटनामा परेको पुष्टि गरेको छ ।
सेनाले ‘मित्र देशको एयर स्पेस’ मा विमान खसेको बताएको छ । दुईवटा विमानमध्ये एउटा विमान सुरक्षित अवतरण भएको छ । रिफ्युलिङ विमान लडाकु विमानमा हावामै इन्धन भर्ने गर्दछन् ।
केसी–१३५ विमान खस्नुको कारणबारे केही जानकारी प्राप्त हुन नसकेको बीबीसीले जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमानले यो घटना सत्रुको गोलीबारी या आफ्नै सेनाको गोलीबारीका कारण नभएको बताएको छ । विमानमा सवारहरूको संख्या र हताहतीका बारेमा पनि केही जानकारी सार्वजनिक भएको छैन।
अमेरिकी सेन्ट्रल कमानले भनेको छ, ‘यो घटना इराकको एयर स्पेसमा भएको हो । तर, छिमेकी देश इरानबाट कति दूरीमा छ भन्नेबारेमा केही जानकारी आएको छैन ।’
रिफ्युलिङ ट्यांकर विमान युद्धमा अहम् भूमिका निर्वाह गर्दछन् । यी विमानहरूले लडाकु विमान र बमवर्षक विमानहरूमा हावामै इन्धन दिएर लामो दूरीसम्म उडान भर्न र युद्ध गर्न सक्षम बनाउँछन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend