काठमाडौं । एमाले अध्यक्ष केपी ओली र पार्टीका बरिठ नेता माधवकुमार नेपाल र झलनाथ खनालबीचको आजको धुम्बाराही वार्ता निष्कर्षबिहीन भएको छ । दुवै पक्ष आ आफ्नै अडानमा देखिएका छन् ।
ओलीले नेपाल पक्षलाई वार्ताका लागि बोलाएपछि पार्टीमा एकता हुने अपेक्षा एमालेका नेता कार्यकर्ताले गरेका थिए । तर धुम्बाराही वार्तामा प्रधानमन्त्री ओली फागुन २८ को निर्णयमा पुनर्विचार गर्न तयार नभएपछि निष्कर्षबिहीन भएको छ ।
२८ फागुनमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली पक्षले आफ्नो गुटको भेला गरी निर्वाचित पदाधिकारी खारेज गर्ने र माओवादीका २३ नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेका थिए । फागुन २८ मा बालुवाटारले गरेको निर्णय फिर्ता नगरी बोलाएको वार्तामा माधव नेपालहरु गएका थिए ।
कमसेकम वार्ता त सुरु गरौं भनेर लचिलो भएर माधव नेपालहरु धुम्बाराही गए पनि ओलीले कति पनि लचकता नदेखाएको वार्तामा सहभागी माधव नेपाल पक्षका एक नेताले बताए । ‘ओली सच्चिन तयार छैनन्, उनी पार्टीमा एकता चाहँदैनन्’ उनले भने, वार्ता सुरु भएको छ, अझै पनि उनी सच्चिएर आउने अपेक्षा गर्ने ठाउँ छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend