Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धुम्बाराहीमा अध्यक्ष ओली र नेपालबीच भेटवार्ता हुँदै


    सोमबार, चैत्र २ २०७७
    3.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता हुँदैछ । 

    एमाले स्रोतका अनुसार आज विहान ११ बजे दुवै पक्षका नेताहरु वार्तामा बस्ने भएका हुन् ।

    अहिले ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट हुने तय भएको स्रोतले जनाएको छ ।

    पार्टी कार्यालय धुम्बाराहीमा हुने वार्तामा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनेछन् ।

    त्यस्तै, अर्को पक्षबाट झलनाथ खनाल र माधव नेपालसहित अन्य दुई नेता सहभागी हुने भएका छन् ।

    अध्यक्ष ओलीले नेपाललाई बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार नभएपछि पार्टी कार्यालयमा भेटवार्ता  हुने भएको हो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार