Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रीय समितिको बैठक आज पनि


    सोमबार, चैत्र २ २०७७
    3.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

    पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बैठक बस्न लागेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

    यसअघि आइतबार बसेको बैठकलाई पूर्णता दिन आज पुन बैठक बस्न लागेको श्रेष्ठले बताए ।  

    सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताएपछि आइतबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पहिलो पटक बसेको थियो । 

    हिजोको बैठकमा माओवादी केन्द्रबाट केपी ओली सरकारमा मन्त्री भएकाहरुमाथि कारबाही गर्ने प्रस्ताव पेश भएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार